अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४३ | Colorodo: 15:58

यूरेनियम उत्पादन बढाउने इरानको घोषणा

बिआरटीनेपाल २०७६ असार २२ गते १०:१८ मा प्रकाशित

इरानले युरेनियमको उत्पादन क्षमता बढाउने घोषणा गरेको छ। इरानी विदेशमन्त्री अब्बास अरागÞचीले पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ। मन्त्री अब्बासले सन् २०१५को परमाणू सम्झौताको तह युरेनियमको उत्पादनको सीमालाई तोड्ने गरेर बढाउने बताउनुभएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अब्बासले इरान अहिले पनि परमाणु सम्झौता कायम गर्न चाहेको तर युरोपियन देशहरुले आफ्नो प्रतिवद्धता तोडेको आरोप लगाउनुभयो । उहाका अनसार इरानले युरेनियमको उत्पादन बढाउँने र यो केही घण्टामै ३.६७ प्रतिशतभन्दा धेरै हुने दावी गर्नुभयो ।

अमेरिकाले सन् २०१८मा एकतर्फी फेसला गर्दै उक्त सम्झौता तोडिदिएको थियो। यसपछि अमेरिकाले इरानमाथि थुप्रै प्रतिबन्ध समेत लगाएको थियो। तर इरानले मे महिनाबाट युरोनियम उत्पादन गर्न सुरु गरिसकेको छ। युरोनियको प्रयोग ऊर्जा निकाल्न तथा रियक्टरोमा गर्नुका साथै परमाणु हतियार बनाउन समेत यसैको प्रयोग गर्ने गरिन्छ । सर्त अनुसार इरानसँग जति युरेनियम हुनु पर्ने हो त्यो भन्दा नि धेरै छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू