अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 09:49

फ्रान्स र इरानबीच आणविक सम्झौता बारे वार्ता शुरु गर्ने सहमति

बिआरटीनेपाल २०७६ असार २२ गते ९:४२ मा प्रकाशित

फ्रान्स र इरानबीच विश्व शक्ति राष्ट्र र तेहेरानबीच भएको आणविक सम्झौता बचाइराख्न फेरि वार्ता शुरु गर्ने सहमति भएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रों र उहाँका इरानी समकक्षी हसन रुहानीबीच भएको टेलिफोन कुराकानीमा यस्तो सहमति भएको हो ।

फ्रान्सका राष्ट्रपति म्याक्रोंले सन् २०१५ को उक्त सम्झौता छोड्दा उत्पन्न हुने परिणामबारे गंभिर चासो व्यक्त भएको बताउनुभएको छ । इरानी राष्ट्रपति रुहानीले तेहेरानको आणविक कार्यक्रमलाई आणविक सम्झौतालाई बचाइ राख्न युरोपेली मुलुकले तत्काल कदम चाल्न आग्रह गर्नुभएको छ । सबै खाले प्रतिबन्ध हटाउनु नै इरान र ६ शक्ति राष्ट्रबीच उपयुक्त शुरुवात हुने उहाँको भनाई थियो ।

यसअघि रुहानीले बेलायत, फ्रान्स, जर्मनी, चीन र रुसलाई अमेरिकी प्रतिबन्धबाट बचाउने प्रतिबद्धता पूरा गर्न आजसम्मको समय दिनुभएको थियो । राष्ट्रपति म्याक्रोंले इरान र अन्तर्रा्ष्ट्रिय साझेदारसंग नियमित छलफल गरि तनाब घटाउने प्रयास जारी राखेको जनाइएको छ ।

गत वर्ष सम्झौताबाट अलग्गिएको घोषणा पछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानविरुद्ध कडा प्रतिबन्ध लगाउनुभएको छ । यसको प्रतिक्रिया स्वरुप गत मे महिनामा इरानले पनि यूरेनियम सम्बद्र्धनको काम शुरु गरेको जनाएको थियो । पछिल्लो समयमा इरानले अमेरिकी जासुसी ड्रोन विमान खसालेपछि दुई मुलुकबीच सम्बन्ध थप तनाबपूर्ण बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू