अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२४ | Colorodo: 21:39

एनआरएनएको एसिया प्यासिफिक बैठक म्यानमारमा शुरु, नेपालको समृद्धि मुख्य एजेण्डा

बिआरटीनेपाल २०७६ असार २१ गते १०:०४ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौँ एसिया प्यासिफिक क्षेत्रीय बैठक आजदेखि म्यानमारको याङ्गोनमा सुरु भएको छ । बैठक भोलिसम्म चल्नेछ । एसियाली मुलुकमा रहेका गैरआवासीय नेपालीहरूको सहभागितामा नेपालमा लगानी प्रवर्धन गर्ने मुख्य उद्देश्यले आह्वान गरिएको बैठक ‘नेपालको समृद्धिका लागि डायस्पोराको भूमिका’ भन्ने विषयमा केन्द्रित हुने एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजक किरण विक्रम थापाले बताउनु भयो ।

संयोजक थापाका अनुसार बैठकमा ठूलाठूला आयोजना एवं व्यवसायको लगानीमा भन्दा पनि साना तथा मझौला व्यवसायको लगानी र त्यसमा देखिएका नीतिगत अप्ठ्यारा अनि सम्भावनाबारे विशेष छलफल गरिनेछ । यस्तै एसियाली मुलुकका श्रम बजारमा नेपाली श्रमको प्रयोगमा रहेका समस्या पहिचान गर्दै समाधानका लागि पनि छलफल गरिनेछ ।

बैठकमा संघका केन्द्रीय अध्यक्ष भवन भट्ट, प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, कांग्रेस नेता डा. प्रकाशशरण महत, संघका सल्लाहकार तथा नेपालका संघीय संसदका सदस्य डा. सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदूत भीम उदास, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव डा बद्री केसीलगायत बिशेष सहभागी हुनुहुन्छ । यस्तै सचिव डिबी क्षेत्री, प्रवक्ता भूषण घिमिरे, युवा संयोजक सुदन थापा, सल्लाहकार डा. हेमराज शर्मा लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू