अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

उत्तर कोरियामा बन्धक बनेका अस्ट्रेलियाली नागरिक रिहा

बिआरटीनेपाल २०७६ असार १९ गते ९:५६ मा प्रकाशित

उत्तर कोरियामा बन्धक बनाइएका अस्ट्रेलियाली नागरिक रिहा भएका छन् । गएको हप्ता उत्तर कोरियामा बेपत्ता भएका एलेक सिग्ली रिहा भएको र उनी सुरक्षित रहेको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताउनुभयो ।

उत्तर कोरियाका सरकारी अधिकारीले प्योङयाङमा रहेको स्वीडिस दूतावासका अधिकारीबिच भएको वार्तापछि प्रधानमन्त्री स्कटले आफ्नो देशका नागरिक सुरक्षित रहेको जानकारी गराउनुभएको हो । उत्तर कोरियाको राजधानीमा अस्ट्रेलियाको दूतावास छैन ।

२९ वर्षका सिग्लीले स्नातकोत्तर अध्ययन गरिरहेका छन् र प्योङयाङमा उनले पर्यटन व्यवसाय पनि गर्दै आएका छन् । राम्रो कोरियन बोल्ने विद्यार्थी सिग्लीलाई किन बन्धक बनाइएको थियो भन्ने खुलेको छैन ।

उनी रिहा भएको सम्बन्धी खबर सबैभन्दा पहिले एनके न्युजले लेखेको थियो, जसमा उनी चीनमा रहेको र जापान लाग्ने तयारी भएको उल्लेख गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू