अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४५ | Colorodo: 22:00

लिबिया आक्रमणमा ‘युद्ध अपराध’ को सम्भावना – संयुक्त राष्ट्रसंघ

बिआरटीनेपाल २०७६ असार १९ गते ९:५५ मा प्रकाशित

लिबियाको राजधानी त्रिपोलीको बाहिरी क्षेत्रमा रहेको आप्रवासी डिटेन्सन सेन्टरमा भएको आक्रमण युद्ध अपराध हुन सक्ने संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् । डिटेन्सन सेन्टरमा भएको हवाई आक्रमणमा कम्तिमा ४४ जनाको ज्यान गएको छ । घटनामा कम्तिमा १३० जना घाइते भएका छन् । जनरल हलिफा हाफ्तारप्रति बफादारले हवाई आक्रमण गरेको लिबिया सरकारको आरोप छ ।

जनरल हलिफाप्रति बफादारले भने सरकारप्रति आरोप लगाएका छन् । आक्रमणमा ज्यान गुमाउनेमा अधिकांश शब–सहारा अफ्रिकी क्षेत्रका आप्रवासी रहेको बताइन्छ । उनीहरु लिबिया हुँदै युरोप जाने प्रयासमा थिए ।सरकारले सञ्चालन गरेको आप्रवासी डिटेन्सन सेन्टरमा आक्रमण भएको हो । घटनामा एक नेपालीको पनि मृत्यु भएको खुलेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेस्सले घटनाले आफूलाई आक्रोसित बनाएको र यसबारे स्वतन्त्र अनुसन्धान हुनु पर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू