अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०४ | Colorodo: 21:19

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीद्धारा अध्यक्ष पद परित्याग

बिआरटीनेपाल २०७६ असार १८ गते १०:०९ मा प्रकाशित

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफू अब अध्यक्ष नरहेको स्पस्ट पार्नुभएको छ । बुधबार त्यहाँको संसदबाहिर सन्चारकर्मीहरुसित उहाँले आफू अब अध्यक्ष नरहेको र पार्टीले तत्काल नयाँ अध्यक्ष चुन्नुपर्ने बताउनुभयो ।

राहुलले लोकसभा चुनावमा पार्टीको नराम्रो पराजयपछि नैतिक जिम्मेवारी लिँदै गएको जेठ ११ गते राजीनामा दिएपनि पार्टीले स्वीकार गरेको थिएन । ट्वीट गर्दै उहाँले कांग्रेस कार्यसमिति बैठकले नयाँ अध्यक्ष चुन्नुपर्ने बताउनुभएको हो ।

चार पृष्ठ लामो पत्रमा गान्धीले चुनावको हारको जिम्मेवारी लिँदै पार्टीको पुनर्विकासका लागि कडा फैसला लिनुपर्ने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू