अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१० | Colorodo: 22:25

इथियोपियामा सत्ता ‘कु’ को खतरा, २ सय ५० जनाभन्दा बढी गिरफ्तार

बिआरटीनेपाल २०७६ असार १३ गते २३:४८ मा प्रकाशित

इथियोपियामा सत्ता कू को खतरा बढिरहेका बेला सुरक्षाकर्मीहरुले २ सय ५० जनाभन्दा बढीलाई गिरफ्तार गरेका छन् । उच्च तहका ५ सुरक्षा अधिकारीको हत्या भएपछि ‘कु’को खतरा रहेको आशंकाका बीच उनीहरुलाई गिरफ्तातार गरिएको हो । राजधानी अदिस अबाबा र उत्तरी सहर अम्हारामा अहिले उच्च सुरक्षा सतर्कताको व्यवस्था गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

गत हप्ताको अन्त्यमा सेना प्रमुख, १ जना अवकास प्राप्त जनरल र अरु ३ जना वरिष्ठ क्षेत्रीय उच्च अधिकारीहरुको हत्या भएपछि सुरक्षा सतर्कता बढाइएको हो । विद्रोही सुरक्षाकर्मीहरुको तर्फबाट मुलुकलाई खतरा रहेको भन्दै सुरक्षा अधिकारीहरुले सरकारी पक्ष पूर्ण तयारी र सतर्क अवस्थामा रहेको जनाएका छन् ।

सुरक्षा तथा न्यायिक कार्यदलले अम्हारा क्षेत्रबाट मात्रै २१२ जनालाई गिरफ्तार गरेको जनाएको छ भने अदिस अबाबाबाट ४३ जनालाई गिरफ्तार गरिएको बताइएको छ । सुरक्षाकर्मीहरुले दुई ठूला मेसिनगन र २७ स्वचालित राईफल पनि बरामद गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू