अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१२ | Colorodo: 06:27

भारतको पुणेमा पर्खाल भत्किएर किच्दा कम्तीमा १७ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ असार १३ गते २३:४६ मा प्रकाशित

भारतको महाराष्ट्र राज्य पुणेको कोन्ढवा इलाकामा भारी बर्षातका क्रममा पर्खाल भत्किएर किच्दा कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । शनिबार बिहान साढे १ बजे पर्खाल खसेर झुपडीमा खस्दा ११ पुरूष, २ जना महिला र ४ जना बालबालिकाले ज्यान गुमाएका छन् । दुर्घटनामा ३ जनाको घाईत अवस्थामा उद्धार गरिएको छ ।

अझै पनि पर्खालको भग्नवाशेषमा केही मानिस पुरिएको अनुमानमा खोजतलास जारी छ । पानी अत्यधिक परेपछि टोलको ५० फिट लामो पर्खाल भास्सिँदै गएर झुपडीमा खस्दा दुर्घटना भएको अधिकारीहले जनाएका छन् । प्रत्यक्षदर्शीका अनुसार मर्नेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

पुणेका जिल्लाधिकारी नवल किशोर रामले ठेकेदारविरूद्ध मुद्दा दर्ता गर्न आदेश दिनुभएको छ । घटनामा ज्यान गुमाएकामा धेरै जसो झुपडीमा बस्ने गरेका बिहारका बासिन्दा रहेका छन्। प्रहरीले यससम्बन्धमा अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू