अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१५ | Colorodo: 08:30

बेल्जियममा पूर्व अर्थ-मन्त्री डा. रामशरण महतसँग अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७६ असार १२ गते ११:३३ मा प्रकाशित

बेल्जियम । नेपाली जनसम्पर्क समिति बेल्जियमले नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थ-मन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्य तथा श्रीमती रोशना थापा महतको विशेष आतिथ्यमा प्रशिक्षण तथा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम कार्यक्रम सम्पन्न गरेको छ ।

सभापति श्रीमती सीता सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनसम्पर्क बेल्जियमका पूर्व अध्यक्षहरू, समितिका पदाधिकारी तथा सदस्यहरू एवं कृयासिल र साधारण सदस्यहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेल्जियका उपाध्यक्ष नरहरि सापकोटाले स्वागत मन्तव्य राख्दै सबैमा स्वागत गरेका थिए । यसै क्रममा पूर्व अध्यक्ष इन्द्र क्षेत्री पकवानले निर्वाचित समितिको बिरुद्गमा कसैलाई पनि लेख्ने र बोल्ने पनि अधिकार छैन किनकि यो समिति लोकतान्त्रिक मूल्य मान्यताबाट निर्वाचित भएर आएको समिति हो भन्दै भर्खरै मिडियामा देखिएको कपोकल्पित समिति कसैलाई मान्य नहुने र पूर्व रूपमा अवैध रहेको धारणा राखेका थिए ।

प्रमुख अतिथि डा. रामशरण महतले पार्टी विधि विधान प्रक्रिया र पद्धतिले चल्ने हुँदा यस बाहेकका अराजक गतिविधि र विधान बाहिर रहेर कुनै पनि साथीहरूले गर्ने कृयाकलापले कदापि सङ्गठनलाई फाइदा नहुने र सङ्गठनको विधान भन्दा बाहिर रहेर गरिने यस्ता गतिविधिहरूलाई पार्टीले कदापि नस्विकार्ने भन्दा अभिलम्भ यस्ता कृयाकलाप बन्द गरियोस् र निर्वाचित समितिलाई मानेर अगाडी बढ्न सबैमा अनुरोध गरेका थिए ।

नेपाली काँग्रेस हिजोका दिनको जनताको मन जितेको सबै भन्दा ठुलो पार्टी हो । नेपाली काँग्रेस भित्रको केही गुट र उपगुटले गर्दा आज हामी आफैमा कमजोर बन्न पुगेका छौँ, हामीलाई कसैले कमजोर बनाएको नभई हामी हाम्रै कारणले कमजोर भएका हौ भने सङ्गठनमा एकता, सद्भाव र मेलमिलाप भएन र बिधानतह पार्टी चलेन भने भोलिका दिनमा पनि पछुताउनुको विकल्प केही नहुने भन्दै निर्वाचित समिति बाहेक हामी अरू जान्दैनौ र मान्दैनौँ भन्दै नेपाली काँग्रेसको इतिहासको वाकेको बारेमा डा महतले अत्यन्तै महत्त्वपूर्ण बिचार व्यक्त गरेका थिए ।

गैरआवासीय नेपाली सङ्घ नेदरल्याण्ड का अध्यक्ष श्री मनोहरी शर्मा, जसस बेल्जियमका सदस्य एवं ने बि सङ्घ कास्कीका पूर्व अध्यक्ष श्री पूर्ण तिमील्सीना लगायतले सङ्गठनमा अहिले केही साथीहरूले सङ्गठनको विरुद्धमा गरेका गतिविधिहरू गलत भएको कुरा प्रष्टाएका थिए ।

अतिथिको रूपमा संस्थाका संस्थापक अध्यक्ष ध्रुवराज पौडेल एवं नि-वर्तमान अध्यक्ष सुवास जोशी(सन्तोष), गैर आवासीय नेपाली सघं नेदरल्याण्का उपाध्यक्ष विष्णु बास्तोला, महासचिव जितेन्द्र श्रेष्ठ, जनसम्पर्क समिति बेल्जियमका सदस्य एवं नवलपुर सहायता समाजका अध्यक्ष विजय मल्ल, नि-वर्तमान अध्यक्ष रमेश सापकोटा, जसस समिति बेल्जियमका सल्लाहकार एवं पर्वत समाजका अध्यक्ष झलक के सी ,स्पेनका महासमिति सदस्य अर्जुन काफ्ले जसस बेल्जियमका सल्लाहकार एवं ब्यवसायीक सघका नि-वर्तमान अध्यक्ष सी पी भट्ट वर्तमान महासचिव मदन दबाडी, नेपाली युरोप मिलन केन्द्रका अध्यक्ष दीपक न्यौपाने,जसस समिति बेल्जियमका सल्लाहकार एवं स्याङ्जा सहायता समाजका सचिव होमनाथ पाण्डे, जसस समिति बेल्जियमका सल्लाहकार एवं गैर आवासीय नेपाली सघ बेल्जियमका भूतपूर्व युरोप सह-संयोजक प्रेम गुरूङ् लागाएत पदाधिकारी एवं सदस्यहरू सल्लाहकारहरू र कृयाशील सदस्यहरू साधारण सदस्यहरूको बाक्लो ऊपस्थित रहेको थियो ।

अन्तमा, सभापति सीता सापकोटाले सङ्गठनमा देखिएको भनिएको विवाद कुनै एका-दो व्यक्तिबाट उश्रिखल ढङ्गबाट बाहिर गई निर्वाचित समितिको बिरुद्मा लाग्नु भएको र यस्ता गतिविधिले सङ्गठन वा व्यक्ति कसैलाई पनि फाइदा नपुग्ने भन्दै साथीहरू अनुशासनको दायरामा आई आँफुले गरेका अराजक गतिविधिहरू अभिलम्भ बन्द गरी यो घर तपाइहरूकै मूल घर भएकाले आफ्ना गल्तीहरूलाई सुधारी सङ्गठनमा फर्किन अनुरोध गर्दै विमति भए आन्तरिक छलफलबाट समाधान खोजिनु पर्ने विचार व्यक्त गरेकी थिइन भने उक्त कार्यक्रम ज स स बेल्जियमका महामन्त्री श्री दिनेश प्रसाद भण्डारीले सञ्चालन गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू