अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१८ | Colorodo: 09:33

नाइजेरियामा बोको हराम २२ किसानको हत्या, दर्जनौँ घाइते महिला र बालबालिका शरणको खोजीमा

बिआरटीनेपाल २०७६ असार १२ गते १०:११ मा प्रकाशित

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतंककारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ। दमासाक शहरबाट ५० किलोमिटर टाढा रहेको नाम्गाम गाउँमा सोमबार किसानहरूको एक समूहलाई बोको हराम लडाकूले आक्रमण गरेको र सो आक्रमणमा परी २२ जनाको मृत्यु भएको सैनिक अधिकारीहरूले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन्।

गोली लागि घाइते भएका दर्जनौं महिला र बालबालिका दमासाक शहरनजिक शरणको खोजीमा आइपुगेका छन्। मंगलबार नाम्गामाबाट १८ जनाको शव बरामद भएको सरकार समर्थित स्थानीय नागरिक समूहका प्रमुख उसमान बालाले बताउनुभयो । स्थानीय बासिन्दाको सहयोगमा नै उद्धारकार्य जारी रहेको बताइएको छ । नाइजेरियाको उत्तरपूर्वी इलाकामा एक दशक यता बोको हराम आतंककारी समूहले हिांसात्मक गतिविधि गर्दै आएका छन्। यस द्वन्द्वमा परी हजारौं व्यक्तिको ज्यान गइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू