अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 01:27

गर्मीले युरोपेली मुलुकहरुको जनजीवन प्रभावित

बिआरटीनेपाल २०७६ असार १२ गते ९:५५ मा प्रकाशित

युरोपका विभिन्न मुलुकका बढ्दो तापक्रमले जनजीवन प्रभावित भएको छ । जर्मनी, पोल्यान्ड र चेक–रिपब्लिक देशमा जुन महिनामा अहिले सम्मकै सबैभन्दा धेरै तापमान रेकर्ड भएको छ । जर्मनीमा ३८ दशमलब ६, पोल्यान्डमा ३८ दशमलब २ र चेक–रिपब्लिकमा ३८ दशमलब ५ डिग्री तापक्रम रेकर्ड गरिएको छ । ती देशमा तापक्रम अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

फ्रान्स र स्वीजरल्याण्ड लगायतका मुलुकमा बिहिबार ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने सम्भावना छ । मौसमविद्हरुले उत्तर अफ्रिकाबाट तातो हावा बहेको र त्यो युरोपियन हिटवेभमा परिणत भएको जनाएका छन् । फ्रेन्च अधिकारीहरुले गर्मीका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै सर्बसाधारणलाई सचेत गराएका छन् ।

स्पेनिस अधिकारीहरुले पनि बढ्दो गर्मीले जंगलमा आगो लाग्न सक्ने जनाएका छन् । युरोपेली मुलुकहरुमा बढ्दै गएको तातो साताको असर अन्त्यतिर अझ बढ्न सक्ने मौसमविद्हरुले अनुमान गरेका छन् । जर्मनीमा बुधबार तापक्रम ३८ दशमलब ६ डिग्रीसम्म मापन गरिएको थियो । स्पेनको उत्तर पूर्वी भागमा भोलि शुक्रबार ४५ डिग्री सम्म तापक्रम पुग्ने अनुमान गरिएको छ । गर्मीका कारण फ्रान्सका कतिपय विद्यालयले परीक्षा सारेका छन् ।

बेलायतमा भने गर्मी केही कम छ । शनिबार त्यहाँको तापक्रम ३० डिग्री पुग्ने अपेक्षा गरिएको छ । जलवायु परिवर्तनका कारण नै युरोपमा यो अवस्था उत्पन्न भएको सम्बद्ध विज्ञहरुको भनाइ रहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू