अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

भारतको राजस्थानमा मुसलधारे वर्षा र हावाहुरीले त्रिपाल ढल्दा १३ को मृत्यु, ४५ घाइते

बिआरटीनेपाल २०७६ असार ८ गते ९:५५ मा प्रकाशित

भारतको राजस्थानमा भगवान श्रीरामको कथा वाचन भइरहेको समयमा मुसलधारे वर्षा र हुरीवतासका कारण त्रिपाल भत्किदा कम्तीमा १३ भक्तजनको मृत्यु भएको छ । दुर्घटनामा ५० भन्दा बढी घाइते भएको जनाइएको छ ।

त्रिपाल ढल्दा अत्याधिक चापमा रहेका भक्तजनको भागदौड हुँदा एकआपसमा कुल्चिएर तथा विद्युत प्रवाहमा परेर उनीहरुको ज्यान गएको बताइएको छ । घाइतेलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । वर्षा तथा हावाहुरी अझै कायम रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने भारतीय प्रहरीले जनाएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू