अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४३ | Colorodo: 18:58

अमेरिका–इरान सम्बन्ध – इरानको हतियार प्रणालीमाथि अमेरिकाले थाल्यो साइबर–आक्रमण

बिआरटीनेपाल २०७६ असार ८ गते ९:४५ मा प्रकाशित

अमेरिकाले इरानको हतियार प्रणालीमा ‘साइबर–अट्याक’ सुरु गरेको छ । अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार उसले इरानमाथिको हवाई आक्रमण अन्तिम समयमा आएर राष्ट्रपति ट्रम्पले रद्द गरेपछि यसको बदलामा इरानको हतियार सम्बन्धी इन्टरनेट प्रणालीमा साइबर आक्रमण सुरु गरेको हो । रकेट तथा मिसाइल लञ्चरलाई नियन्त्रण गर्ने कम्प्युटर प्रणालीलाई लक्षित गरी अमेरिकाले साइबर आक्रमण गरेको द वासिङ्गटन पोस्टले जनाएको छ ।

अमेरिकी गुप्तचर ड्रोनलाई इरानले खसालेको तथा गल्फ अफ ओमानमा तेलका दुई ठूला समुद्री ट्यांकरमाथिको आक्रमणको बदला स्वरुप अमेरिकाले अमेरिकाले साइबर आक्रमण गरेको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । गल्फ अफ ओमानमा ट्यांकरमाथि भएको आक्रमणमा अमेरिकाले इरानलाई दोष लगाएको छ, तर इरानले त्यसको प्रतिवाद गर्दै आएको छ ।

यस्तै अमेरिकाले इरानमाथिको प्रतिबन्ध थप गरेको छ । इरानले परमाणु हतियार बनाइरहेको र त्यसलाई नियन्त्रण गर्नका लागि उसमाथि थप प्रतिबन्ध लगाउने निर्णय गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभयो । आर्थिक प्रतिबन्ध र दबाबले नै इरानको नेतृत्वलाई अहिलेको मार्ग परिवर्तन गर्न सक्ने ट्रम्पको भनाई छ । प्रतिबन्ध इरानले परमाणु हतियार बनाउने क्रम नरोकेसम्म जारी रहने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू