अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०८ | Colorodo: 14:23

ट्रम्पद्वारा बलात्कार आरोप खण्डन

बिआरटीनेपाल २०७६ असार ८ गते ९:४४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक जना महिलालाई बलात्कार गरेको भन्ने आरोपको खण्डन गर्नुभएको छ । ट्रम्पले आफूले ई. जीन क्यारोल भन्ने महिलालाई कहिल्यै नभेटेको र उनले आफ्नो नयाँ किताबको बिक्री बढाउन त्यस्तो आरोप लगाएको बताउनुभएको छ ।

क्यारोलले अमेरिकी राष्ट्रपति ट्रम्पले आफुमाथि बलात्कार गरेको समाचार न्युयोर्क टाइम्समा प्रकाशित गरेकी थिइन् । लेखमा उनले आफूले मुद्दा नजित्ने भएपछि प्रहरीमा उजुरी नदिएको उल्लेख गरेकी छन् ।

ट्रम्पले सन् १९९५ मा डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुपमा आफूलाई बलात्कार गरेको क्यारोलको जिकिर छ । ट्रम्पले यसअघि आफूमाथि एक दर्जनभन्दा बढी महिलाले लगाएको बलात्कारको आरोपहरू अस्वीकार गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू