अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४० | Colorodo: 05:55

३३ देशका कांग्रेस जनसम्पर्क समितिको भेला कोपनहेगनमा सुरु

बिआरटीनेपाल २०७६ असार ७ गते ९:१९ मा प्रकाशित

नेपाली कांग्रेसका बिभिन्न ३३ देशमा रहेका जनसम्पर्क समितिका नेता तथा कार्यकर्ताहरुको भेला डेनमार्कको कोपनहेगनमा शुरु भएको छ । भेलाको पार्टी उपसभापति तथा केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले कार्यक्रमको शनिबार उद्घाटन गर्नुभयो ।

भेलामा महामन्त्री शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, अनुशासन समिति संयोजक भीष्मराज आङ्दम्वेलगायतका सहभागी हुनुहहुन्छ । यसैवीच, शनिबार जनसम्पर्क समिति डेनमार्कको १४ औं वार्षिकोत्सव पनि सम्पन्न भएको छ ।

कार्यक्रममा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिने वाहेक बढ्दो तापक्रम र नेपालमा पर्ने प्रभाव, बदलिएको राजनीति दक्षिण एसिया र नेपाल, समाजबादको युरोप अनुभव र नेपाललगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । भेला आइतबारसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू