अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

पूर्व गोर्खा लक्ष्य बं गुरुङ लण्डन बार्नेटको उपमेयरमा निर्वाचित

बिआरटीनेपाल २०७६ जेठ ९ गते ७:२३ मा प्रकाशित

काउन्सिलर लक्ष्य बहादुर गुरुङ लण्डन बार्नेट काउन्सिलको उपमेयर पदमा निर्वाचित हुनुभएको छ । लन्डन बरो अफ बार्नेटको मंगलबार बसेको वार्षिक काउन्सिल बैठकले गुरुङलाई उपमेयर पदमा निर्विरोध निर्वाचित गरेको हो ।

बार्नेट काउन्सिलमा काउन्सिलरहरु मध्येबाट हरेक वर्ष नयाँ मेयर र उपमेयर चुन्ने प्राबधान रहेको छ । झन्डै चार लाख जनसंख्या भएको बार्नेट ब्रिटेनको सबैभन्दा बढी जनघनत्व भएको काउन्सिल मानिन्छ ।

उपमेयरमा निर्वाचित गुरुङले नेपाली समुदाय र बार्नेट काउन्सिलबीच सम्बन्ध बलियो बनाउन आफ्नो प्रयास र प्रयत्न रहने बताउनुभएको छ । उहाँले उत्तरपश्चिम लन्डनमा बसोबास गर्ने नेपाली समुदायको लागि एउटा सामुदायिक केन्द्र उपलब्ध गराउने बारे बताउनुभयो ।

ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजबाट सेवानिवृत्त गुरुङ सन् २००५ देखि सपरिवार बेलायतमा बसोबास गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू