अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३१ | Colorodo: 01:46

सङ्घीय फोरमलाई सरकारबाट बाहिर ल्याउने राजपाको प्रयास असफल

बिआरटीनेपाल २०७५ चैत १३ गते २३:१७ मा प्रकाशित

काठमाडौँ, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र सङ्घीय समाजवादी फोरम नेपालबिचको पार्टी एकीकरणको विषयले खासै गति लिन नसकेको नेताहरूले बताएका छन् । सरकार तत्काल छाड्ने मुडमा नरहेको सङ्घीय फोरमलाई राजपा नेपालले पार्टी एकीकरणमा धोका दिएको निष्कर्षमा पुगेको छ । राजपाको कुरा बुझेपछि केही दिन अगाडि सङ्घीय फोरमका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गरेर पार्टी एकीकरण वा मोर्चा गठनका लागि सरकारको विषय जोड्न नहुने बताएका थिए । उपेन्द्र यादवको विज्ञप्तिपछि दुई पार्टीबिचको पार्टी एकीकरण शिथिल बनेको छ ।

सङ्घीय फोरमलाई सरकारबाट बाहिर ल्याइ वर्तमान सरकारलाई एक्ल्याउने रणनीति राजपाको तत्कालका लागि असफल भएको छ । ‘उपेन्द्र यादवजी सरकार छाड्ने कि नछाड्ने भन्ने पक्षमा बसह नै गर्न चाहनु हुन्न’, स्रोतले भन्यो, ‘राजपा नेपालले सङ्घीय फोरमलाई सरकारबाट बाहिर ल्याएर मात्रै पार्टी एकीकरणको पहल अगाडि बढाउनु पर्ने अडानमा छ ।’ दुवै दलको आ–आफ्नो स्वार्थ जोडिएपछि राजपा र सङ्घीय फोरमका नेताहरू टाढिएका हुन् । पार्टी एकीकरणका लागि वार्ता समितिसमेत गठन गरेका सङ्घीय फोरम र राजपाबिच पत्र आदानप्रदानबाहेक कुनै पनि प्रक्रिया अघि बढेको छैन । मङ्सिर अन्तिम साता सङ्घीय फोरमले वार्ता समिति गठन गर्दै राजपालाई पत्र पठाएर नै एकीकरणको प्रस्ताव राखेको थियो ।

राजपाले पनि एकीकरणको पक्षमा सङ्घीय फोरमसँग संवाद गर्न प्रस्ताव राख्यो । तर त्यसपछि दुबैबिच अझै अनौपचारिक वार्तासमेत हुन सकेको छैन । फोरमले राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। राजपाले अध्यक्षमण्डलका नेता राजेन्द्र महतोको संयोजकत्वमा वार्ता तथा संवाद समिति बनाएको थियो । सङ्घीय फोरम वर्तमान सरकारमा रहेसम्म एकीकरण प्रक्रिया सुरु हुन नसक्ने राजपाका नेताहरूको बुझाइ छ । सरकारले रेसमलाल चौधरीलाई नछाडेपछि रिसाएको राजपाले सङ्घीय फोरमलाई सरकारबाट बाहिर ल्याएर दबाब बढाउन खोजेको छ । तर, उपेन्द्र यादवले राजपाको यो कुरा बुझेका छन् । वैशाख अन्तिम सातामा सङ्घीय फोरमले जनकपुरमा महाधिवेशनको तयारी गरेको छ । राजपाले पनि वैशाख ७–९ महाधिवेशन गर्ने निर्णय गरेको छ । दैनिक नेपालबाट 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू