अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०७ | Colorodo: 08:22

मन्त्री बिना मगर विरुद्ध उजुरी लिएर रञ्जु दर्शना अख्तियार पुगेपछि…

बिआरटीनेपाल २०७५ चैत १२ गते १०:०१ मा प्रकाशित

काठमाडौँ, विवेकशील नेपाली दलले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ । मङ्गलवार उक्त दलकी युवा नेत्री रञ्जु दर्शनासहितको टोलीले अख्तियारमा उजुरी दर्ता गराई सो बारे प्रवक्ता प्रदीपकुमार कोइरालालाई जानकारी दिएको हो ।

उजुरीमा सम्बन्धित मन्त्री, सचिव, कर्मचारीदेखि ठेकेदार कम्पनीमाथि छानबिनको माग गरिएको छ । खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीको लापरबाहीका कारण मेलम्ची आयोजना पूरा नभएको विवेकशीलको ठहर छ ।

खानेपानी तथा ढल व्यवस्थापन मन्त्रालयको जिम्मा बिना मगरले लिएकी छन् । मेलम्ची प्रकरणमा विवादहरू आउन थालेपछि केही समयअघि उनले सचिव गजेन्द्र ठाकुरको सरुवा गरेकी थिइन् । यसै विषयमा संसद्को अर्थ समिति र संसद्मा पनि उनीमाथि प्रश्न उठाइएको थियो ।

मेलम्चीका विषयमा विभिन्न मिडियामा भ्रष्टाचार, कमिसनका तथ्य सार्वजनिक हुँदा पनि छानबिन भएको छैन । प्रधानमन्त्री कार्यालयले पनि उक्त आयोजनाको ठेकेदार कम्पनीसँग ठेक्का रद्द गर्नुको कारणबारे मन्त्रालयसँग खासै चासोसाथ सोधेको छैन । दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू