अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२० | Colorodo: 11:35

सलिनमान बनियालाई हेर्न हेटौंडामा दर्शकको भिड

प्रदीप कार्की २०७५ फागुन २६ गते ९:३३ मा प्रकाशित

डेब्यु फिल्म मार्फत नै राईजीङ स्टारको ट्याग पाएका सलिनमान बनियालाई प्रत्यक्ष हेर्नको लागि हेटौडामा जारी औधोगिक मेलामा दर्शकको भिड उर्लिएको छ । गत फागुन १६ देखि चलिरहेको औधोगिक मेलमा शनिवार २० हजारको हाराहारीमा दर्शक रहेको आयोजकले जनाएको छन् । शनिवार सलिन आफ्नो रिलिजको क्रममा रहेको फिल्म ‘यात्रा: अ म्युजिकल भ्लग’ को प्रचार प्रसारको लागि टिम सहित पुगेका थिए । 

सलिनसँगै सलोन बस्नेत, मलिका महत, जान्हवी बस्नेत, रेअर राई, विशाल सापकोटा, प्रेक्षा बज्राचार्य सहित निर्माता सुशील पोखरेल र प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिज कुमार श्रेष्ठ मेला पुगेका थिए । सलिन झन्डै १० मिनेट स्टेजमा रहँदा उनले फिल्मकै गीत चट्ट रुमालमा नृत्य गर्नुका साथै आफ्नो फिल्मको डायलग समेत सुनाएका थिए ।

हेटौडामा पहिलो पटक चकलेटी हिरोलाई देख्दा स्थानीयले भरपुर स्वागत गरेका थिए । उनले ‘नमस्ते हेटौडा’ भन्दै गर्दा हेटौडाका दर्शकले ठुलो स्वरमा नमस्ते फर्काएका थिए । उपस्थित सम्पूर्ण कलाकारले चट्ट रुमालमा नृत्य गरेका थिए भने सलोनले पनि आफ्नो भूमिकाको बारेमा प्रस्ट्याउदै यात्रा हेर्न आग्रह गरेका थिए । उनले पनि आफ्ना फेमश डायलग सुनाएका थिए । सलिन भ्ल्गिस्टको भूमिकामा छन् । यात्राको क्रममा आउने घटनाक्रमलाई फिल्ममा प्रस्तुत गरिएको छ । 

फिल्ममा सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जङ्ग कुँवर, ईश्वर पौडेल, नानीकाजी डङ्गोल, राजेश बिसुराल, ईश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसमा विदेशी कलाकारहरू चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रूपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अङ्कित संग्रौला र एन्जल राई रहेका छन् । 

फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा विक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् ।

फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथा पनि सम्राट्कै रहेको छ भने यसलाई उनीसँगै सुरेश न्यौपाने, प्रतीक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेश नै रहेका छन् भने यसलाई सञ्जय लामाले खिचेका हुन् । फिल्ममा प्रवीण सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, बनिश शाहको सम्पादन, आशिष् पौडेलको कस्ट्युम डिजाइन, जटा शङ्कर गोसाईको आर्ट डिजाइन, निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेको छ । फिल्ममा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतीक पौडेल र कोविद बज्रको सङ्गीत रहेको छ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसमा पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेका छन् ।

सलिन मान बनियाँ: फिल्मको प्रचार प्रसार अन्तर्गत दर्शक समक्ष पुग्दा निकै खुसी लाग्यो । हेटौडामा दर्शक मार्फत पाएको माया प्रति निकै आभारी छु । मेरो दोस्रो फिल्मको यात्रामा रहँदा नै जसरी माया पाइरहेको छु र जुन विश्वास सिर्जना गरेको छु यसलाई आगामी दिनमा पनि टुट्न दिनेछैन । हेटौडा आउँदा निकै खुसी छु, हामीले फिल्मको छायाङ्कन यहाँ पनि गरेका छौ । त्यसपछि फेरी आउँदा निकै उत्साही छु । फिल्मले तपाइलाई निराश बनाउँदैन, ढुक्क भएर हलसम्म पुग्दा हुन्छ ।

केशव भट्टराई: यात्रा निकै कठिन भयो पार गर्न । हेटौडा पहिले देखि नै नेपाली फिल्मलाई माया गर्ने एउटा ठाउँ हो । आज मेलामा पाएको मायाले त्यसलाई प्रस्ट्यायो । फिल्म पारिवारिक वनेको छ, यसलाई फ्यामिलीले एक साथ बसेर हेर्न पाउनु हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू