अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

सर्लाहीका प्रतिभालाई सम्मान

प्रदीप कार्की २०७५ कार्तिक ४ गते ९:१७ मा प्रकाशित

सर्लाही, विजया दशमीलाई लक्षित गर्दै सर्लाहीका प्रतिभालाई सम्मान गरिएको छ । सर्लाहीबाट आफ्नो क्षेत्रमा चिनिएका कलाकर्मी, पत्रकार तथा समाजसेवीलाई गत कार्तिक ३१ गते सम्मान गरिएको हो । सर्लाही स्थित बरहथवा नगरपालिका अन्तर्गतको वडा नम्बर ३ मा श्रीमाँ शक्ति दुर्गा क्लबलेले ‘सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७५’ का बिच निर्देशक प्रदीप भट्टराई, अभिनेता निखिल उप्रेती र विजय बराल, गायक कमल खत्री र कर्णराज गिरी, हास्यकलाकार शिव शङ्कर रिजाल, मोडल इष्टु कार्की, मिस सर्लाही २०७५ प्राप्ति उप्रेती, कलाकार राम ठाकुरलाई ‘कलाकारिता सम्मान’ प्रदान गरेको थियो । 

यसै गरी सर्लाही जिल्लाबाट नेपाल विधार्थी सङ्घको केन्द्रीय सदस्य समेत भइसकेका सामाजिक अभियन्ता रघु कार्कीलाई पनि सम्मान गरेको छ । उनले पछिल्लो समय सर्लाहीको विभिन्न विकास निर्माणको कार्यमा सघाउँदै आएका छन् । यसै गरी पत्रकारिता सम्नान मार्फत प्रदीप कार्की, मनिष कार्की र नवीन गिरी सम्मानित भएका छन् ।

बरहथवा नगरपालिका प्रमुख देवानन्द महतो तथा संविधानसभाका निवर्तमान सभासद् हरि उप्रेतीले सम्मान गरेका थिए । आयोजित सांस्कृतिक कार्यक्रममा गायक सुनिल पण्डित, गायिका सेलिना कुँवर, मोडल महिमा रेग्मी र स्थानीय गायक मन्जुर आलम लगायतको पनि उपस्थिति रहेको थियो । कमलले आफ्ना चर्चित गीतहरू आत्मामा, गल्ती मेरो छैन, जाउला रेलैमा लगायतको गाउँदा स्थानीय दर्शक नाच्न बाध्य भएका थिए । 

यसै गरी कर्णराजले पनि आफ्नो चर्चित गीतहरू सहितको प्रस्तुति दिएका थिए भने शिव शङ्कर रिजालको प्रहसनले स्थानीयलाई हाँस्न बाध्य बनाएको थियो । सम्मान ग्रहण गरिसकेपछि गायक कमलले यसकिसिमको सम्मानले आउँदो दिनमा ऊर्जा मिल्ने बताए । ‘आफै हुर्केको ठाउँमा सम्मानित हुन् पाए, यो सम्मानको मान बढाउने कोसिस रहनेछ’ उनले भने । यसै गरी निर्देशक प्रदीप भट्टराईले पनि सम्मानले हौसला थप्ने बताए । उनले भने ‘गृह जिल्लाको सम्मान निकै प्यारो हुन्छ, त्यसमाथि हाम्रो पहाडी र मधेसी समुदाय मिक्स भएको ठाउँमा यसकिसिमको कार्यक्रमले कल्चर एक्सचेन्जमा पनि मदत पुर्याउछ ।’ 

सामाजिक अभियान्ता रघु कार्कीले यसकिसिमको कार्यक्रम अझै दक्षिणी क्षेत्रमा बढ्नु पर्नेमा जोड दिए । ‘हाम्रो कल्चर मिक्स छ, त्यसैले यस्ता कार्यक्रमलाई भित्री मधेससम्म लग्नु पर्छ किनकि यसले आत्मीयता र सद्भाव बढाउँछ’ रघुले बताए । कार्यक्रम सफल भईरहदा आयोजक कमिटीका अध्यक्ष रघुवीर कुशवाहाले सम्पूर्ण कलाकर्मी, पत्रकार तथा समाजसेवीलाई धन्यवाद दिएका थिए । आउँदा दिनमा पनि यस किसिमको कार्यक्रम गर्ने ऊर्जा मिलेको उनले बताए । 

प्रतिक्रिया