अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०० | Colorodo: 11:15

अस्ट्रेलियामा दोस्रो पुस्ताका नेपाली विद्यार्थीहरु पुरस्कृत

बिआरटीनेपाल २०७५ माघ २९ गते ८:४९ मा प्रकाशित

अस्ट्रेलियामा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई प्रोत्साहन दिने उद्देश्यले उच्चशिक्षा सम्पन्न गरेका बिद्यार्थीहरुलाई पहिलोपटक सम्मान तथा पुरस्कृत गरिएको छ । अस्ट्रेलियाको विभिन्न बिद्यालयहरुबाट कक्षा १२ उत्तिर्ण गरेका बालबालिकाहरुलाई दक्षिण अस्ट्रेलियामा रहेको नेपाली पाठशालाले उनीहरुलाई सम्मानपत्र सहित सम्मान गरेको छ । अस्ट्रेलियाको शैक्षिक संकायमा विद्यालय स्तरको उच्चशिक्षा सम्पन्न गर्नुलाई महत्वका साथ हेर्ने गरिएको छ ।

सोही अन्तरगत उच्चशिक्षा सम्पन्न गरेका विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको आयोजक संस्थाका कपिल पाण्डेले जानकारी दिनुभयो । त्यहाँ रहेका नेपाली बालबालिकाहरुलाई नेपाली कलासंस्कृति तथा परम्पराहरुको बारेमा जानकारी दिने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा सांस्कृतिक र साहित्यिक कार्यक्रमहरुको समेत आयोजना गरिएको थियो । अस्ट्रेलियामा दोस्रो पुस्ताका नेपालीहरुको उपस्थिती समेत बढ्दै गएको सन्दर्भमा सम्मान कार्यक्रमले उनीहरुलाई आफ्नो जन्मभूमीको बारेमा धेरै जानकारी हुने कार्यक्रमका प्रमुख अतिथी एनआरएन केन्द्रीय सदस्य गोकुल घिमिरेले बताउनुभयो ।

कार्यक्रम आयोजक संस्थाका संस्थापक डा. सुनील शर्माले यस किसिमको कार्यक्रमले दोस्रो पुस्ताका नेपाली युवाहरुलाई आफ्नो देशमा केही गर्ने सोचको विकास हुने बताउनुभयो । कार्यक्रमको मुख्य उद्देश्य नेपालको बारेमा जानकारी दिनुका साथै बढ्दै गरेको दोस्रो पुस्तालाई उनीहरु मार्फत् नेपालको कला संस्कृति र परम्पराको जानकारी दिनु रहेको शर्माको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू