अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३४ | Colorodo: 13:49

लिबियाली जनतालाई पुनः मिलन गराउन राष्ट्रसंघको आब्हान

बिआरटीनेपाल २०७५ माघ २८ गते ८:२९ मा प्रकाशित

संयुक्त राष्ट्र संघले लिवियाली जनतालाई पुनःमिलन गराउन आव्हान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टेनियो गुटर्रेसले लिबियाली जनतालाई पुनः मिलन गराउन संगठित पहलका लागि राजनीतिक प्रक्रिया अघि बढाउन आह्वान गर्नुभएको हो ।

महासचिव गुटेर्रेसले उत्तर अफ्रिकी राष्ट्र लिबियामा रहेका विभिन्न गुट तथा समूहलाई राजनीतिक प्रक्रियामार्फत एकीकरण गराउन सकिने बताउनुभयो । उहाँले लिबियाको राजधानी त्रिपोली र वरपरका क्षेत्रमा राष्ट्र संघको पहलमा गरिएको युद्धविराम प्रभावकारी भएको र अबको काम सबै लिबियाली नागरिकलाई एकताका साथ आफ्नो समुदायमा बस्ने वातावरणको सिर्जना गर्नु भएको बताउनुभएको छ ।

अफ्रिकन यूनियनको ३२ औं शिखर सभामा सहभागी हुन पुग्नुभएका उहाँले सबै अफ्रिकी नेतालाई अदिस अबाबामा सम्बोधन गर्दै लिबियाली समस्या अन्त्यको सामुहिक प्रयास थाल्न नेताहरूलाई आग्रह गर्नुभएको हो । अहिलेको समय लिबियाली जनतालाई राजनीतिक एकीकरण अभियानमा सामेल गर्ने हो भन्दै उहाँले यसलाई अफ्रिकी संघको छातामा बसेर समाधानको प्रयास गर्न आह्वान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू