अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५२ | Colorodo: 07:07

ईन्जा एसिया गठन, अध्यक्ष टङ्क पन्त, उपाध्यक्ष नारायण न्यौपाने

बिआरटीनेपाल २०७५ माघ २६ गते २२:४६ मा प्रकाशित

वासिङ्टन डिसी, अन्तर्राष्ट्रिय नेपाली पत्रकार सङ्घ (ईन्जा) को एसिया च्याप्टर पत्रकार टङ्क पन्तको अध्यक्षतामा गठन भएको छ । ईन्जाको विधानले अन्तर्राष्ट्रिय समितिको उपाध्यक्षले क्षेत्रीय समितिको नेतृत्व गर्ने व्यवस्था गरेको छ । पत्रकार पन्त यस अघि नै अन्तर्राष्ट्रिय समितिमा एसिया क्षेत्रलाई प्रतिनिधित्व गर्दै उपाध्यक्ष हुनुहुन्थ्यो ।

नवगठित समितिको उपाध्यक्षमा नारायण न्यौपाने (नेपाल), आनन्द कोइराला (जापान), दीपक पुडासैनी (कतार) र मञ्जु गुरुङ(कोरिया) रहनुभएको छ । समितिको महासचिवमा दीपेन्द्रदोङ तामाङ, सचिवमा दिपु पोख्रेल (खेमकुमारी) र कोषाध्यक्षमा रामकुमार कामत चयन हुनुभएको छ । समितिको सदस्यहरूमा दीपक समीर, विकास थपलिया, अर्जुन सापकोटा, अनिल आचार्य रहनुभएको छ ।

यो तदर्थ समिति हो ।उपाध्यक्षहरूले आफू कार्यरत देश देशमा ‘ईन्जाका साथी’ (फ्रेन्डस अफ ईन्जा) गठन गर्ने वैधानिक व्यवस्था भए अनुसार नेपाल, जापान, कोरिया र मध्यपूर्व (कतार) मा पनि ‘ईन्जाका साथी’ गठन हुने छन् । यस प्रकार सम्बन्धित देशको कानुन अनुसार गठन भएका ‘ ईन्जाका साथी ‘ का अध्यक्षहरू त्यस क्षेत्रको सम्बन्धित ईन्जाको क्षेत्रीय समितिको सदस्य हुने प्रावधान राखिएको छ। साथै अध्यक्षले क्षेत्रीय समितिमा पत्रकारका हक हितमा काम गर्दै आएका सङ्घ संस्थाबाट तीन जना प्रतिनिधि मनोनीत गर्न सक्ने प्रावधान समेत रहेको छ ।

महादेशीय वा देशीय ईन्जाहरुले ती देश वा आसपासमा गठन भएका फ्रेण्ड्स अफ ईन्जासँग समन्वय र सहकार्य गरी मर्यादित पत्रकारिताको विकास तथा नेपाली भाषी पत्रकारहरूको हितमा काम गर्ने छन्।

अन्तर्राष्ट्रिय नेपाली पत्रकार सङ्घ (ईन्जा) संसार भरि रहेका नेपाली पत्रकारहरू बिचमा मर्यादित पत्रकारिताको अभिवृद्धि र विकासमा जोड दिँदै यसको लागि आवश्यक नेटवर्क, स्रोत साधन र फोरम प्रदान गर्न स्थापित गैर-नाफामूलक, गैर-राजनीतिक तथा गैर-सरकारी सामाजिक संस्था हो ।

ईन्जाको केन्द्रीय अध्यक्ष अमेरिका डिसी क्षेत्रमा स्थाई बसोबास गर्नु भएका पुराना पत्रकार गुणराज लुईटेल हुनुहुन्छ भने संस्थाको संरक्षकमा वरिष्ठ पत्रकारद्वय योगेश उपाध्याय र राम खरेल रहनु भएको छ । ईन्जाले अहिलेसम्म ४ वटा महादेशहरूमा आफ्नो बिस्तार गरिसकेको जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू