अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४५ | Colorodo: 10:00

अमेरिकी राहत सामाग्रीका लागि बाटो खुलाएरै छाड्ने भेनेजुयलाका विपक्षी नेता गुईडोको प्रतिज्ञा

बिआरटीनेपाल २०७५ माघ २६ गते २१:४६ मा प्रकाशित

भेनेजुएलाका विपक्षी नेता तथा स्वघोषित अन्तरिम राष्ट्रपति हुँवा गुइडोले देशमा मानवीय सहायताका लागि मार्ग खुला गराएरै छाड्ने बताउनुभएको छ । गुइडोले देशमा मानवीय सहायताको खाँचो रहेको भन्दै सहयोगका लागि अमेरिकासँग आग्रह गर्नुभएको थियो । अमेरिकाले गुइडोको आग्रह स्वीकार गर्दै मानवीय सहायताका सामग्री पठाएको भए पनि सीमा क्षेत्रमै रोकिएको छ ।

राष्ट्रपति निकोलस मादुरोले मानवीय सहायता आफ्नो देशमा हस्तक्षेप गर्ने अमेरिकी बहाना र रणनीति रहेको भन्दै अस्वीकार गरेपछि त्यस्ता सामग्री सीमा क्षेत्रमै रोकिएको हो । भेनेजुएलाका सेनाले कोलम्बियासँगको सीमा क्षेत्रमा रहेको महत्वपूर्ण पुलमा अवरोध गरेपछि अमेरिकासहितका देशबाट आएको सहायता रोकिएको हो ।

तर, गुइडोले भने मानवीय सहायता सामग्री आउनका लागि मार्ग रोक्न नहुने र त्यसका लागि सहयोग गर्न स्वयंसेवकसँग आग्रह गर्नुभएको छ । गुइडोले सहायता सामग्री आउँदो हप्तासम्ममा वितरण थालिने दाबी गर्नुभएको छ । सरकारी अधिकारीले भने सीमा सुरक्षा गर्नु आफूहरुको जिम्मेवारी रहेको बताएका छन् ।

गुइडोलाई समर्थन गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाको इन्धन खानीमा आफ्नो पकड जमाउन ध्यान दिएको सरकारी अधिकारीको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू