अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५५ | Colorodo: 06:10

योगी आदित्यनाथ चढेको हेलिकोप्टरले अवतरण अनुमति पाएन

बिआरटीनेपाल २०७५ माघ २० गते ४:२० मा प्रकाशित

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ चढेको हेलिकोप्टरलाई पश्चिम बंगालको ममता बनर्जीे सरकारले अवतरणको अनुमति दिन अस्विकार गरिदिएको छ । उनी बंगालको दिनाजपुरमा आइतबार दुई बजे हुने भनिएर्को यालीलाई सम्बोधन गर्न गएका जानुभएको थियो । यालीस्थल नजिकै हेलिकप्टर अवतरणको अनुमती नपाएपछि आदित्यनाथले मोबाइलबार्ट यालीलाई सम्बोधन गर्ने भारतीय संचारमाध्यमले जनाएका छन् ।

ममता बनर्जीको यो कदमको चर्को आलोचना गर्दै मुख्यमन्त्री योगीका सूचना सल्लाहकार मृत्युञ्जय कुमारले योगी आदित्यनाथको लोकप्रियताको कारणले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले हेलिकप्टर अवतरणको अनुमति नदिएको आरोप लगाउनुभएको छ ।
बंगालमा बिजेपीका नेतार्को यालीमा विवाद भएको यो पहिलो पटक भने होइन।

यस अघि बिजेपी अध्यक्ष अमित शाह चढेको हेलिकप्टरलाई पनि झारग्राममा अवतरणको अनुमति दिइएको थिएन। लोकसभा चुनावलाई मध्यनजर गर्दै बिजेपीले पश्चिम बंगालको एक सय भन्दा बढी ठाउँर्मा याली गर्ने बताइएको छ । जसमध्ये योगी आदित्यनाथले चारवर्टा यालीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू