अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३५ | Colorodo: 22:50

भेनेजुएला संकट – मडुरोलाई अमेरिकाको चेतावनी

बिआरटीनेपाल २०७५ माघ १५ गते ९:०६ मा प्रकाशित

अमेरिकाले भेनेजुएलास्थित अमेरिकी कूटनीतिज्ञ वा विपक्षी नेता खुवान गुआइडोविरोधी कदम चाले कडा प्रतिक्रिया जनाउने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले कूटनीटिज्ञ तथा गुआइडोविरुद्ध कुनै पनि प्रकारको हिंसा वा धम्की भए ‘तत्काल कडा प्रतिक्रिया दिने’ चेतावनी दिनुभएको छ ।

बोल्टनले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको ‘माफिया तन्त्रबाट आफूलाई मुक्त गर्ने भेनेजुएलाली जनताको प्रयत्नलाई वासिङ्टनले समर्थन गरेको’ बताउनुभयो । अमेरिका र अन्य २० देशहरूले गुआइदोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिका रूपमा समर्थन गरेको केही दिनपछि बोल्टनको चेतावनी आएको हो । त्यसको विरोधमा मडुरोले भेनेजुएलास्थित अमेरिकी कूटनीतिज्ञलाई ७२ घण्टाभित्र देश छाड्न चेतावनी दिनुभएको थियो ।

विपक्षी नेताले गत बुधबार एक विशार्ल यालीबीच आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । अमेरिका लगायतका कतिपय देशले भेनेजुएलामा गतवर्ष भएको राष्ट्रपतीय निर्वाचनमा निकोलस मडुरोले धाँधली गरेको आरोप लगाउँदै आएका छन । उक्त आरोप र विपक्षीको विरोधबीच मडुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गर्नुभएको थियो  । गुआइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिने देशहरूको अग्रपंक्तिमा अमेरिका रहेको छ ।

एउटा सैन्य अभ्यासमा सहभागी सैनिकहरूलाई सम्बोधन गर्दै मडुरोले सत्ता हत्याउने साम्राज्यवादीको प्रयास असफल पार्न तयार रहन निर्देशन दिनुभएको छ  । तर विपक्षी नेता गुआइदोले सैनिकलाई आफ्नै देशका जनतामाथि प्रहार नगर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू