अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 06:50

अब्दुल्लाह रिअयात्तुदिन मलेसियाको नयाँ राजा

बिआरटीनेपाल २०७५ माघ १० गते ८:५५ मा प्रकाशित

मलेसियाको नयाँ राजामा पहांग राज्यका सुल्तान अब्दुल्लाह रिअयात्तुदिन बिल्लाह शाह चुनिएका छन्। ५९ बर्षीय सुल्तान अब्दुल्लाह मलेसियाको १६ औँ राजा बन्नुभएको छ । मलेसियाको शाही परिवारले बिहीबार अब्दुल्लालाई नयाँ राजा घोषणा गरेको बर्नामा न्यूजले लेखेको छ । मलेसिया एक संवैधानिक राजतन्त्र भएको देश हो जहाँ हरेक पाँच वर्षमा देशका नौ राज्यका नौँ शाही परिवार मध्येबाट एकजनालाई देशको राजा चुन्ने गरिन्छ ।

गत महिना सुल्तान मोहम्मद पञ्चमले पूर्वरुसी सुन्दरीसँग विवाह गरेको समाचार बाहिर आएपछि पुरै देशलाई अचम्मित पार्दै राजसिंहासन त्यागग्नुभएको थियो । त्यसपछि नयाँ राजाको खोजी सुरु गरिएको थियो र मोहम्मद पञ्चमको ठाउँमा अब्दुल्ला राजा बन्नुभएको छ । मोहम्मद पञ्चम मुस्लिम बहुल मलेसियाको इतिहासमा आफ्नो पाँच वर्षे कार्यकाल पुरा गर्नुअघि नै राजसिंहासन त्याग्ने पहिलो राजा हुनुहुन्छ । उहाँ दुई वर्ष मात्र राजसिंहासनमा बस्नुभएको थियो ।

नयाँ राजा अब्दुल्ला फीफासहित खेलसँग सम्बन्धित संस्थाहरूको महत्वपूर्ण भूमिकामा रहिसक्नुभएको छ । एसियन हक्की एसोसिएसनका प्रमुख रहेका उहाँ फूटबल एसोसियसन अफ मलेसियाका पूर्वअध्यक्ष पनि हुनुहुन्छ । उहाँले जनवरी ३१ मा आयोजना हुने एक समारोहमा सपथ ग्रहण गर्ने मलेसियाली संचारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू