अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०२ | Colorodo: 09:17

फ्लोरिडामा एक व्यक्तिद्वारा गोली हानी ५ जनाको हत्या

बिआरटीनेपाल २०७५ माघ १० गते ८:४८ मा प्रकाशित

अमेरिकाको फ्लोरिडामा एक व्यक्तिले गोली हानी ५ जनाको हत्या गरेको छ । फ्लोरिडामा रहेको सन ट्रस्ट बैंकमा प्रवेश गरी बैंक कब्जामा लिएका ती ब्यक्तिले बैंकमा रहेका सबैलाई भुँइमा सुत्न लगाइ गोली हानेको बताइएको छ ।

घटनाको समयमा बैंकमा ५ जना मात्रै रहेको र ती ब्यक्तिले पाँचै जनाको हत्या गरेको हो । हत्या गर्ने ब्यक्ति २१ बर्षिय जेइफेन जेभरले रहेको बताइएको छ । हत्या लगत्तै ती ब्यक्तिले बैंकबाट प्रहरीलाई फोन गरी आफूले पाँच जनाको हत्या गरेको जानकारी गराएका थिए ।

प्रहरी घटनास्थल पुग्ने वित्तिकै ती ब्यक्तिले आत्मसमर्पण गरेको बुझिएको छ । उनले के कारणले हत्या गरेको भन्ने बारे केही नभनेको अमेरिकी अधिकारीहरुले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू