अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१३ | Colorodo: 06:28

अफ्रिकी मुलुक मालीमा आतंकवादी हमला, १० शान्ति सैनिकको मृत्यु

बिआरटीनेपाल २०७५ माघ ७ गते ८:५२ मा प्रकाशित

अफ्रिकी मुलुक मालीमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामाथिको आतंकवादी हमलामा १० सैनिकको मृत्यु भएको छ । मालीको उत्तरी क्षेत्रमा आइतबार आतंकवादी हमला भएको थियो । मारिएका शान्ति सैनिक अफ्रिकी मुलुक चाडका रहेको बताइएको छ । हमलामा अन्य २५ जना घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले उक्त हमलाको निन्दा गर्नुभएको छ । उहाँले उक्त हमलालाई ‘युद्ध अपराध’ को संज्ञासमेत दिनुभयो । स्थानीयका अनुसार कार र मोटरसाइकलमा आएका हमलाकारीले शान्ति सेनाको क्याम्पमा हमला गरेका थिए ।

अलकायदासँग निक इस्लामिक समूहले उक्त हमला गरेको बताइएको छ । समाचार एजेन्सीहरुका अनुसार पछिल्लो समय चाडले इजरायलसँग बढाएको कुटनीतिक सम्बन्धको प्रतिक्रियास्वरुप उक्त हमला गरिएको इस्लामिक समूहका स्थानीय कमाण्डरले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू