अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०६ | Colorodo: 22:21

मलेसियामा नेपालीमाथि छुरा प्रहार, छुट्टयाउन गएका तामाङको ज्यान गयो

बिआरटीनेपाल २०७५ माघ ६ गते ८:२८ मा प्रकाशित

मलेसियाको राजधानी क्वालालम्पुरको केपोङ्गमा एक जना नेपालीको मृत्यु भएको छ । शनिबार राति नेपाली र म्यानमारका कामदारबीच विवाद हुँदा एक नेपालीको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन् ।

झगडा छुट्याउन गएका ललितपुरका इन्द्र तामाङको ज्यान गएको हो । नेपाली र म्यानमारका कामदारबीच झगडा भएपछि छुट्याउन खोज्दा म्यानमारका नागरिकको छुरा प्रहारबाट तामाङको ज्यान गएको हो ।

छुरा लागेर झापाका लालबहादुर लिम्बु घाइते भएका छन् । उनलाई राती नै अस्पताल भर्ना गरिएको छ । छुरा प्रहार गर्ने म्यानमारका नागरिक भने फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू