अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५६ | Colorodo: 18:11

अष्ट्रेलियामा नेपाली विद्यार्थीको निधन

बिआरटीनेपाल २०७५ पुष २६ गते ८:५४ मा प्रकाशित

अष्ट्रेलियाको एक नदीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थी बेपत्ता भएका छन् ।अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरिया राज्यको सीमामा पर्ने अल्वरीस्थित मुर्रे नदीमा पौडी खेल्नेक्रममा २१ वर्षिय विगुल पण्डित डुबेर बेपत्ता भएका हुन् ।

बुधबार साँझ सात बजेतिर घटना भएको हो । घटना लगतै प्रहरी, एम्बुलेन्सका कर्मचारी र स्वयमसेवकले खोजी तिब्र पारेका छन् । तर, नदिको पानी धमिलो भएकाले खोजी कार्य प्रभावित भएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् । हराईरहेका पण्डित चाल्स स्टर्ट विश्वविद्यालयमा अध्ययनरत थिए । पण्डित पहिलो पटक नदीमा पौडी खेलिरहेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार घुँडासम्म आउने पानीमा बिगुल साथीभाईसँग पानी छ्यापाछ्याप र फुटवल खेल्दै रमाईलो गरिरहेका थिए । अचानक गायब भएपछि सबै जना मिलेर खोजे पनि फेला पारेका थिएनन् । दुई साताअघि पनि एडिलेडमा शारीरिक अपाङ्गता भएका बालक बचाउन खोज्दा निश्चल घिमिरेको समुन्द्रमा डुबेर ज्यान गएको थियो । नेपालीको जनसंख्या बढेसँगै अष्ट्रेलियामा पानीमा डुबेर ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू