अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

उज्वल थापा समूहको अनुपस्थितिमै सम्पूर्ण विभाग भंग गर्दै केन्द्रीय समिति विस्तार

बिआरटीनेपाल २०७५ पुष २५ गते १९:३२ मा प्रकाशित

काठमाडौँ – विवेकशील साझा पार्टीमा पूर्वविवेकशील (उज्वल थापा) समूहको अनुपस्थितिमै सम्पूर्ण विभाग भंग गर्दै केन्द्रीय समिति विस्तार गरिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा गत मंगलबार बसेको संयोजन समितिको बैठकले दुई जनसंगठन गठनसमेत गरेको छ । संयोजन समितिको निर्णय अनुमोदन गर्न आगामी सोमबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने तयारी छ ।

केन्द्रीय सदस्यमा महिलातर्फ गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारी, प्रदेश ५ बाट सरस्वती पन्थी र सुदूरपश्चिम प्रदेशबाट शैलु श्रेष्ठ तथा पुरुषतर्फ ल्यामबहादुर दर्जी र इसुजंग कार्कीलाई थप गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू