अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२२ | Colorodo: 09:37

‘फेस टु फेस’ बैठकमार्फत वार्षिक कार्यप्रगतिको समिक्षा र आगामी रणनीति तय गर्दै ‘एनआरएनए’

बिआरटीनेपाल २०७५ पुष २४ गते ८:५६ मा प्रकाशित

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्ले यही जनवरी ११ तारिखका दिन फेस टु फेस बैठक आह्रवान गरेको छ । विश्वभरीका एनआरएनका आइसिसी अन्तर्गत रहेका एनआरएनका आइसिसी पदाधिकारी, आइसिसी सदस्य, सल्लाहकार, विभिन्न समितिका संयोजक सम्मिलीत फेस टु फेस बैठक आह्रवान गरिएको हो ।

विधानतः एनआरएनको तीन तीन महिनामा स्काईभमार्फत बैठक बस्दै आएको छ । तर शुक्रबार बस्ने फेस टु फेस बैठकलाई भने निकै अर्थपूर्ण रुपमा लिइएको छ । एनआएनले गत वर्ष धुलिखेलमा फेस टु फेस बैठक आह्रवान गरेको थियो । सो बैठकले एक वर्षको कार्यप्रगति समिक्षा गर्दै आगामी रणनीति तय गरेको थियो ।

एनआरएन आइसिसी अध्यक्ष भवन भट्टका अनुसार फेस टु फेस बैठकमार्फत एनआरएनको कार्यप्रगतिको समिक्षा र आगामी योजनाको विषयमा गहिरो छलफल हुनेछ । एनआरएनले निकै महत्वपूर्ण कार्य गर्दै आएकोमा यसलाई अझ बढी प्रभावकारी कसरी बनाउने भन्ने विषयमा बैठक केन्द्रित गरिने अध्यक्ष भट्टले बताउनुभयो । फेस टु फेस बैठकमार्फत वार्षिक कार्यप्रगतिको समिक्षा गरिर्दै आएको छ । अध्यक्ष भट्टले फेस टु फेस बैठकमा प्रत्यक्ष सहभागि हुन नसक्नेलाई फोन अर्थात स्काईप पनि खुला गरिने जानकारी गराउनुभयो ।

एनआएन आइसिसी महासचिव बद्री केसीका अनुसार बैठकले आठौ विश्व सम्मेलनपछिको नेतृत्वका कार्यप्रगतिको समिक्षा गर्नेछ भने बाँकि समयमा गर्न सकिने कार्यको टुंगो लगाउनेछ । बैठकका लागि विभिन्न विषयमा एजेन्डा तय गरिएको र सोही अनुसार बैठक सञ्चालन हुने महासचिव केसीले जानकारी गराउनुभयो । तर बैठक बस्ने ठाउँको भने टुंगो लागिसकेको छैन ।
एनआरएनको आठौ सम्मेलनपछि सबै क्षेत्रमा क्षेत्रीय बैठक सम्पन्न भइसकेको छ । एनआरएन अमेरिकाज्, यूरोप, मध्य पूर्व, ओसनीया, एसिया प्रशान्त र अफ्रिका गरि ६ वटा क्षेत्रीय बैठक विभिन्न घोषणापत्र जारी गर्दै सम्पन्न भइसकेको छ ।

त्यस्तै, एनआरएनले सञ्चालन गरिरहेको शख्खमूल पार्क सरकारलाई हस्तान्तरण गरिसकेको छ । एनआरएन कार्यालय अहिले आफनै भवनमा सरिसकेको छ । एनआरएनलाई यतिखेर सबैभन्दा ठूलो चुनौती लाप्राक नमुना बस्ती बनेको छ । यसअघि अक्टोवर ११ अर्थात एनआरएन स्थापना दिवसको अवसरमा लाभग्राहीलाई घर निर्माण सम्पन्न गरि हस्तान्तरण गर्ने भनीए पनि अहिलेसम्म पूरा हुन सकेको छैन । बैठकमा सो विषयमा पनि गहिरो छलफल हुने र यही नेतृत्वको कार्यकालभित्र प्रोजेक्ट सम्पन्न कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रित गरिने जनाइएको छ ।

एनआरएनको आठौ विश्व सम्मेलनले भवन भट्टको नेतृत्वमा नयाँ समिति बनाएको थियो । भट्टको कार्यकाल दुई वर्ष बित्दैछ । विधानत एनआरएनको नेतृत्वले यो वर्ष्भित्र सबै एनसिसीदेखि आइसिसीसम्मै अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ । विश्वभरी ७९ एनसिसी रहेको एनआरएनमा अहिले ८० हजार पञ्जीकृत सदस्य पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू