अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१३ | Colorodo: 08:28

बुर्किना फासोमा जातिय हिंसा भड्किदा १३ सर्वसाधारण मारिए

बिआरटीनेपाल २०७५ पुष १९ गते ८:४७ मा प्रकाशित

अफ्रिकी मुलुक बुर्किना फासोमा जातिय हिंसा भड्किदा १३ जना सर्वसाधारण मारिएका छन् । छिमेकी मुलुक मालीमा अन्तर समुदायबीच संघर्ष बढ्दै जाँदा बुर्किना फासोमा पनि त्यसको प्रभाव देखिएको अधिकारीहरुको भनाइ छ । मोटरबाइकमा आएका सशस्त्र हतियारधारी व्यक्तिहरुले बार्सालोगो जिल्लास्थित यिरगौमा ६ जना सर्वसाधारणको हत्या गरेको सरकारी प्रवक्ताले जानकारी दिएका छन् ।

त्यसैको प्रतिशोधमा सोही गाउँका मोसी जातिय समूहसँग सम्बन्ध राख्ने सात जनाको हत्या भएको सरकारी प्रवक्ताले बताएका छन् । जिल्लाका मेयरले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । घटनापछि बुर्किना फासोले मुलुकका सात प्रान्तका १३ प्रशासनिक क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू