अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

प्रत्येक भारतीय नागरिकमाथि ६२ हजार ऋण !

बिआरटीनेपाल २०७५ पुष १७ गते ९:०१ मा प्रकाशित

नयाँ वर्ष सन् २०१९ ले पाइला टेकेको छ । नयाँ वर्षका अवसरमा सबैजसोको प्राथमिकता विगतका कमी–कमजोरी हटाउँदै उन्नतितर्फ अग्रसर हुनु मै रहन्छ । नयाँ वर्षका अवसरमा धेरैले यस्तै शुभकामना समेत दिने गर्दछन् । तर, भारतीय नागरिक भने जनही ६२ हजार भारु ऋण बोकेको अवस्थामा नयाँ वर्ष मनाइरहेका छन् । विश्व अर्थतन्त्रमा ठूलो योगदान रहेको भारतमा नागरिक भने ऋणको भारले दबिएका हुन् ।

हालै भारतको अर्थ मन्त्रालयअन्तर्गतको ऋण प्रवन्धन शाखाले जारी गरेको तथ्यांकअनुसार गत सेप्टेम्बरको अन्त्यसम्ममा भारत सरकारको ऋण ८२ लाख करोड रुपैयाँ पुगेको छ । १३४ करोड जनसंख्या भएको भारतमा सरकारी ऋणको उक्त भार प्रत्येक नागरिकमा समान रुपमा बाँड्ने हो भने प्रत्येक नागरिकको भागमा ६२ हजार रुपैयाँ ऋणभार पर्दछ ।

भारतले पाकिस्तान, चीनजस्ता मुलुकसँगको बिग्रदो सम्बन्धका कारण रक्षा क्षेत्रमा ठूलो रकम खर्चिनु परिरहेको छ । कच्चा तेलको मूल्यमा भएको वृद्धि, अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँमा आएको गिरावटलगायतले भारत सरकारको ऋणभार बढेको बताइन्छ । आगामी दिनमा ऋणभार अझै बढ्ने विज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू