अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

रुसमा भीषण विस्फोट- ४ जनाको मृत्यु, ४० वेपत्ता

बिआरटीनेपाल २०७५ पुष १७ गते ८:५६ मा प्रकाशित

रुसको मध्य क्षेत्रमा रहेको मग्नितागोस्र्कको एक भवनमा भीषण विस्फोट हुँदा कम्तिमा ४ जनाको ज्यान गएको छ । विस्फोटका कारण भवनका ४८ वटा फ्ल्याटहरु ध्वस्त भएको छ । उरल प्रान्तको शहर मग्नितागोस्र्कको भवनमा भएको विस्फोटमा परि झण्डै ४० जना हराइरहेका छन् ।

उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्स र बिबिसीले जनाएका छन् । भवनमा १२० जनाको बसोबास थियो । अहिलेसम्म कम्तिमा १६ जनालाई सकुशल उद्धार गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

उद्धारकर्मीले भग्नावशेषमा पुरिएकाहरुलाई जीवितै निकाल्न सक्ने आशमा उद्धारकार्यलाई जारी राखेका छन् । रुसको यो क्षेत्रमा न्यूनतम तापक्रम माइनस १७ डिग्री सेल्सियस छ । राष्ट्रपति भ्लादिमिर पुटिन घटनास्थल पुगेर निरीक्षण गर्नुभएको छ ।
नयाँ वर्षको तयारीमा विश्वभर उत्सव मनाइरहेका बेला र मग्नितागोस्र्कमा विपद आएको हो । राष्ट्रपति पुटिनले प्रभावितलाई सबै प्रकारको सहयोग गर्ने बताएका छन् । भवनको पहिलो तलामा विस्फोट भएको हो । ग्यास लिक भएर बिस्फोट भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू