अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५० | Colorodo: 08:05

रुस र टर्कीले सिरिया मामलामा मिलेर काम गर्ने

बिआरटीनेपाल २०७५ पुष १५ गते ९:०३ मा प्रकाशित

सिरियाबाट आफ्ना सेना फिर्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि रुस र टर्कीले सिरिया मामलामा मिलेर काम गर्ने सहमति गरेका छन् । रुसका विदेशमन्त्री सर्गोइ लेबरोव र टर्कीका विदेशमन्त्री मेब्लुत चोवाशुग्लूबीच रुसको मस्कोमा भएको वार्तापछि उक्त सहमति भएको हो ।

यी दुई देशले अमेरिकाको पछिल्लो निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै सिरिया मामिलामा मिलेर काम गर्ने निर्णय गरेका हुन् । यी दुई राष्ट्रले सिरियाबाट शरणार्थीका रुपमा बिस्थापित भएकालाई स्वदेश फर्काउने मुख्य लक्ष्य रहेको प्रष्ट पारेका छन् ।

उनीहरुले सिरियामा रहेको इस्लामिक संगठन आईएसलाई परास्त गरी सिरियाली जनताको दैनिकी सहज बनाउने दृढतासमेत व्यक्त गरेका छन् । टर्कीका विदेशमन्त्री मेब्लुत चोवाशुग्लूले अमेरिकी सेना बाहिरिएपछि आउने नयाँ परिस्थितिलाई जिम्मेवारपूर्वक सम्हाल्ने बताउनुभयो । उहाँले सिरिया मामिलामा रुस र इरानसमेतका क्षेत्रीय समूहकाको सहयोग लिएर शान्ति कायम गर्ने दिशामा अग्रसर हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू