अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१२ | Colorodo: 21:27

साइबर हमलाका कारण अमेरिकी अखबारको प्रकाशन तथा वितरण प्रभावित

बिआरटीनेपाल २०७५ पुष १५ गते ९:०२ मा प्रकाशित

अमेरिकामा साइबर आक्रमणका कारण विभिन्न पत्रिकाको प्रकाशन तथा वितरण प्रभावित भएको छ ।साइबर आक्रमणका कारण द लस एन्जल्स टाइम्स, शिकागो ट्रिब्युन, बाल्टिमोर सनसहितका ट्रिब्युन सम्बद्ध पत्रिकाहरुको वितरणमा समस्या भएको हो । दि वाल स्ट्रिट जर्नल र द न्युयोर्क टाइम्सको वेष्ट कोस्ट संस्करणको प्रकाशनमा पनि प्रभाव परेको छ ।

प्रारम्भिक रुपमा शुक्रबारमात्र साइबर आक्रमणबारे थाहा भएको र यसबाट एउटै प्रिन्टिङ प्लान्ट प्रयोग गर्दै आएका पत्रिकाहरुमा प्रभाव परेको हो । अमेरिकाभन्दा बाहिरबाट साइबर आक्रमण भएको हुन सक्ने द लस एन्जल्स टाइम्सले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू