अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५४ | Colorodo: 12:09

साउदी अरबका विदेशमन्त्री जुबैर घटुवामा परे

बिआरटीनेपाल २०७५ पुष १३ गते ९:०६ मा प्रकाशित

साउदी अरबका राजा सलमानले मन्त्रिपरिषदका सदस्यहरुको जिम्मेवारी हेरफेर गर्दै विदेशमन्त्री आदिल अल जुबैरलाई घटुवा गर्नुभएको छ । विदेशमन्त्री जुबैरलाई घटुवा गर्दै विदेश राज्यमन्त्री बनाइएको हो । उहाँको स्थानमा इब्राहिम अल आसफलाई मन्त्रीमा नियुक्त गरिएको छ ।

यो फेरबदलमा पत्रकार जमाल खसोग्जीको हत्याको विषय जोडिएको बताइएको छ । पत्रकार खसोग्जीको टर्कीको इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा गत अक्टोबरमा हत्या भएको थियो । विदेश मन्त्रालय अन्तर्गत नै वाणिज्य दूतावास पर्ने भएकाले खसोग्जीको हत्याबारे जुबैरलाई धेरै कुरा थाहा रहेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमको ठहर छ । त्यसैले पनि उनीमाथि कारवाही भएको देखाउन साउदी सरकारले उनको घटुवा गरेको हुन सक्ने विश्लेषकहरु बताउँछन् ।

यो घटनामा आदिल जुबैरले साउदी अरबको पक्षमा विभिन्न वक्तव्य जारी गर्दै पश्चिमी देशका मिडियाले अनावश्यक रुपमा उचालेको आरोप लगाएका थिए । नवनियुक्त विदेश मन्त्री इब्राहिम आसफ भने अन्तर्रा्ष्ट्रिय कूटनीतिमा सीमित अनुभव भएको व्यक्ति मानिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू