अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२४ | Colorodo: 15:39

चक्रपथमा त्रुटि नै त्रुटि

बिआरटीनेपाल २०७५ पुष ९ गते १८:५१ मा प्रकाशित

काठमाडौँ – चिनियाँ ठेकेदार कम्पनी संघाई कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको १७ किमि लम्बाइको ८ लेन सडकको त्रुटि केलाएर साध्य छैन । कोटेश्वर–कलंकी सडकको चौडाइ ५० मिटर छ । फराकिलो भए पनि बाटो काट्दा बीचमा अडिने ठाउँ छैन । यो समाचार  कान्तिपुर दैनिकमा छ ।

सर्वसाधारणको भीड हुने चोकमा बाटो काट्दा न जेब्रा क्रसिङ छ न त आकाशे पुल नै बनाइएको छ ।

बटुवा जोखिम मोलेर बाटो काट्न बाध्य छन् । फुटपाथ, साइकल लेन, मिडियन, हरित क्षेत्र, पर्याप्त बस स्पट, पार्किङ लट बनेकै छैनन् । सुरक्षाका दृष्टिकोणले अपनाउनुपर्ने ट्राफिक चिह्न, लाइट, सडकको दायाँबायाँ बार र रोड डिभाइडर पनि राखिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू