अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

इन्डोनेसियामा ज्वालामुखी विस्फोट पछिको सुनामीबाट मुत्यु हुनेको सङ्ख्या कम्तीमा २ सय २० पुग्यो, ३० जना वेपत्ता

बिआरटीनेपाल २०७५ पुष ८ गते ६:२५ मा प्रकाशित

इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २ सय २० पुगेको छ । उक्त प्राकृतिक विपत्तिमा परी ८ सय ४३ जना भन्दा वढी घाईते भएका छन् ।

इन्डोनेसियाका सुन्दा स्ट्रेटमा गए राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको भीषण रुपमा आएको सुनामीको कारण आइतबार साँझ सम्म २ सय २० जनाको मृत्यु हुनुको साथै ३० सर्वसाधारण वेपत्ता भएका इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जानकारी दिएको छ ।

सुनामीका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौँ भवनहरु ध्वस्त भएका छन् । इन्डोनेसियामा बारम्बार ज्वालामुखी विस्फोट भईरहन्छन् । शनिबार राति विस्फोट भएको यस ज्वालामुखीको नाम ‘क्राकाटोआ’ हो । यस ज्वालामुखी विस्फोटपछि सुनामी आएको थियो ।

भौगर्भिक अधिकारीहरुले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसका कारण समुद्रमुनिको जमिनमा पहिरो गएकोले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् ।o

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू