अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२३ | Colorodo: 23:38

प्रचण्डलाई एकल नेतृत्व दिन वामदेव गौतमको माग

बिआरटीनेपाल २०७५ पुष १ गते ७:५४ मा प्रकाशित

काठमाडौँ – नेता वामदेव गौतमले पार्टी कामको एकल नेतृत्व पुष्पकमल दाहाललाई दिन माग गरेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

बैठकमा गौतमले सरकार र पार्टी नेतृत्वको हालसम्मको कामको आलोचना गर्दै पेस गरेको १६ पृष्ठको छुट्टै प्रतिवेदनमा प्रधानमन्त्रीले पार्टी कामको पनि जिम्मेवारी लिँदा त्यो भूमिका सफलतापूर्वक निर्वाह गर्न नसकेको उल्लेख गरेका छन् ।

त्यसैले अर्का अध्यक्षले पार्टी सञ्चालनमा बढी ध्यान दिने गरी ‘एक व्यक्ति एक जिम्मेवारी’ को अवधारणा लागू गर्नुपर्ने उनले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू