अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४० | Colorodo: 18:55

मिस नेपाल श्रृंखला मिस सिंगापुरसंग पराजित, टप ३० मा पुग्ने संभावना भने कायमै

बिआरटीनेपाल २०७५ मंसिर १६ गते ४:०० मा प्रकाशित

चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिताको हेड टु हेड च्यालेन्जमा शृङ्खला खतिवडा पराजित भएकी छिन् । पहिलो चरणमा समूह विजेता बनेकी मिस नेपाल शृङ्खला शनिबार बेलुका भएको दोस्रो चरणमा भने प्रतिष्पर्धी मिस सिंगापुर भेनिसा पेहसँग पराजित भएकी हुन् ।
दोस्रो राउन्डमा गएका २० जनालाई एकआपसमा हेड टु हेड च्यालेन्जमा भिडाइएको थियो ।

उक्त राउण्डमा शृङ्खला सिंगापुरकी भेनिसासँग परेकी थिइन् । तीन जना पूर्व मिस वर्ल्डहरुले दुई जनाको स्पिच सुनेर जित हारको टुङ्गो लगाएका थिए । तीनै जनाले शृङ्खलाको साटो सिङ्गापुर सुन्दरीलाई चुनेका हुन् । सो निर्णयसंगै मिस नेपाल शृङ्खलाको साटो मिस सिङ्गापुर मिस वर्ल्डको टप ३० मा पुग्न सफल भईन् ।

पराजीत भएसँगै खतिवडा अन्तिम ३० मा पुग्न असफल भएपनि उनको सम्भावना भने कायमै रहेको छ । मल्टिमिडिया वा ब्यूटी विथ पर्पज बिधा जितेर अन्तिम ३० मा पर्न सक्ने संभावनालाई शृङ्खलाले जिवितै राखेकी छिन् । अझै टप ३० मा पुग्ने सम्भावना कायमै रहेपनि ती विधाहरुमा भने भोट काम लाग्ने छैन । जजहरुको निर्णयको आधारमा शृङ्खला टप ३० मा जाने या नजाने भन्ने कुराको मापन हुनेछ । हालसम्म प्रतियोगिताका अरु इभेन्टहरु पनि नेपालले जित्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू