अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

रुसद्धारा युक्रेनको नौसैनिक जहाजमा हमला, दुई देशवीच तनाव वढ्यो

बिआरटीनेपाल २०७५ मंसिर १० गते ८:५२ मा प्रकाशित

रुसले क्रिमीयाई प्रायद्वीपको नजिक युक्रेनको तीनवटा नौसैनिक जहाजमा हमला गरेर आफ्नो कब्जामा लिएको छ । यो घटनाले रुस र युक्रेनबीच थप तनाब बढेको छ । दुबै देशले यस घटनाका लागि एक–अर्कालाई जिम्मेदार भएको आरोप लगाएका छन् ।
रुसले युक्रेनको जहाज आफ्नो जलसीमा आजोव सागरमा गैरकानुनी ढंगले छिरेको दाबी सहित नियन्त्रणमा लिएपछि यो विवाद उत्पन्न भएको हो । घटना लगत्तै रुसले कर्चमा तंग जलमार्गको एक पुलको तल टयांकर तैनाथ गरेर आजोव सागरतर्फ जाने बाटो बन्द गरिदिएको थियो ।

आजोव सागरको जलीय सीमा रुस र युक्रेनबीच बाँडिएको छ । युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेंकाले आफ्नो देशको राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा परिषदको बैठकमा रुसी कदमलाई सनकयुक्त कारबाहीको संज्ञा दिनुभएको छ । युक्रेनले जारी गरेको वक्तव्यमा रुसी कारबाहीमा आफ्नो चालक दलका दुई सदस्य घाईते भएको बताएको छ ।

घटनाका सम्बन्धमा वार क्याविनेटको जरुरी बैठक बोलाइएको युक्रेनी राष्ट्रपतिका प्रवक्ताले जानकारी दिनुभयो । रुसले भने युक्रेनको दाबीसम्बन्धमा अहिलेसम्म थप कुनै प्रतिक्रिया दिएको छैन ।

यसअघि रुसले युक्रेनको नौसेना गैरकानुनी तरिकाले आफ्नो जल सीमामा प्रवेश गर्ने गरेको अरोप लगाउँदै आएको थियो ।
यसैबीच युरोपेली संघले युक्रेनलाई कर्च हुँदै आजोव सागरको आफ्नो हिस्सामा जान रुसले रोक्न नहुने बताएको छ । नेटोले पनि यस घटनामा युक्रेनको समर्थन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू