अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९ | Colorodo: 16:04

नेप्लिज नर्सिङ एसोसिएसन यूकेको अध्यक्षमा सिंखडा र बस्यालको भिडन्त

बिआरटीनेपाल २०७५ मंसिर ८ गते ८:३१ मा प्रकाशित

नेप्लिज नर्सिङ एसोसिएसन यूकेको नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदैछ । एसोसिएनको अध्यक्ष पदमा विनोदविकास सिंखडा र इन्दिरा बस्यालको उम्मेदवारी परेको छ । सिंखडा वर्तमान कार्यसमितिका उपाध्यक्ष र बस्याल संस्थापक सचिव हुनुहुन्छ । उपाध्यक्ष भने सुनिता गौतम (थापा) र गंगा साम्पांग भिड्दैछन् । लण्डनमा आज हुने एसोसिएसनको अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष र उपाध्यक्षबाहेक अन्य पदमा भने यसअघि नै सबै निर्विरोध निर्वाचित भइसकेका छन् ।

महासचिवमा रस्मितासिंह दर्लामी, सांस्कृतिक सचिव राफी श्रेष्ठ, कोषाध्यक्ष बिनु लामिछाने, सहकोषध्यक्ष आज्ञा लामिछाने तथा सदस्यहरुमा अञ्जना सापकोटा, रञ्जना केसी अधिकारी, कल्पना घिमिरे, ज्ञानु अधिकारी, शोभा बोहरा, सरिता रिजाल र राजत्री पाण्डे थापा निर्विरोध निर्वाचित भएका हुन् । दुई सदस्य भने कार्यसमितिले मनोनयन गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू