अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३५ | Colorodo: 21:50

अष्ट्रेलियाको सिड्नीमा एनआरएनको भव्य नेपाल फेष्टिभल जारी

बिआरटीनेपाल २०७५ मंसिर ८ गते ३:३३ मा प्रकाशित

गैरआवसीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले सिड्नीमा नेपाल फेष्टिभलको आयोजना गरेको छ । सिड्नीमा भईरहेको फेष्टिभलमा ठुलो संख्यामा त्यहाँ रहेका नेपालीहरुको सहभागीता रहेको जनाईएको छ । सिड्नीको डार्लिङ हार्बरमा रहेको टुम्बालोङ पार्कमा भईरहेको फेष्टिभलमा विभिन्न नेपाली कलाकारहरुले आ आफ्नो प्रस्तुति समेत दिईरहेका छन् । फेष्टिभलमा नेपाल चिनाउन विभिन्न सामाग्रीहरु राखिएका छन् ।

एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं सिड्नीको नेपाल फेष्टिभलका संयोजक नन्दु गुरुङले जोडतोडका साथ फेष्टिभल अघि बढेको जानकारी दिनुभयो । नेपाल फेष्टिभलमा राजेश पायल राई, पशुपति शर्मा, आँचल शर्मा लगायतका कलाकारको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू