अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४९ | Colorodo: 09:04

कराँचीस्थित चिनियाँ महाबाणिज्य दूतावासमा आक्रमण, ५ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ मंसिर ७ गते ८:३७ मा प्रकाशित

पाकिस्तानको राजधानी कराँचीस्थित चिनियाँ महाबाणिज्य दूतावासमा बन्दुकधारीले आक्रमण गर्दा २ प्रहरीसहित ५ जनाको मृत्यु भएको छ । आक्रमणमा परी दुई पाकिस्तानी प्रहरीको मृत्यु भएको छ भने एक सुरक्षा गार्ड घाइते भएका छन् ।

स्थानीय समयअनुसार शुक्रवार विहान साढे नौं बजे आक्रमण भएको थियो । प्रहरीका अनुसार चार जना बन्दुकधारी जबरजस्ती कन्सुलेट कार्यालयमा प्रवेश गर्ने प्रयास गरेका थिए । सुरक्षाकर्मीले रोक्न खोज्दा उनीहरु आक्रमणमा उत्रिएको जनाइको छ । प्रहरीको जवाफी कारबाहीमा ३ आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ ।

बलोचिस्तान प्रान्तमा सकृय एक पृथकतावादी समूहले उक्त घटनाको जिम्मेवारी लिएको बिबिसीले जनाएको छ । बलोचिस्तान प्रान्तमा पछिल्लो समय चिनियाँ लगानीका ठूला आयोजना सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू