अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३० | Colorodo: 22:45

सन्दीप लामिछाने पाकिस्तान प्रिमियर लिगमा पनि छनोट, ५० लाख बढी पारिश्रमिक दिईने

बिआरटीनेपाल २०७५ मंसिर ४ गते ९:०९ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) को अक्सनबाट छनोट हुनुभएको छ । लामिछाने लाहोर क्लान्डर्स क्लबमा छनोट भई गोल्ड क्याटागोरीबाट छानिनुभएको हो । डाइमण्ड, गोल्ड, सिल्भर र इमर्जिङ गरी ४ वर्गमा खेलाडीको वर्गीकरण गरिँदा सन्दीप विदेशी खेलाडी कोटाबाट गोल्ड क्याटागोरीमा पर्नुभएको थियो । यसैगरी पहिलो पटक विदेशी लिगको ड्राफ्टमा पर्नुभएका अर्का क्रिकेटर सोमपाल सिल्भर क्याटेगोरीमा हुनुहुन्छ ।

पीएसएलमा छनोट भएसँगै सन्दीपले ५० र ५७ लाखको बीचमा पारिश्रमिक पाउने जनाईएको छ । यस्तै, सिल्भर विधामा रहेका सोमपालमाथि बोली लागेमा उहाँको न्यूनतम मूल्य २२ हजार डलर रहेको छ । पछिल्लो पटक एकपछि अर्को विदेशी लिगहरुमा अनुबन्ध सन्दीप पछिल्लो समय दुबईमा हुने टी–१० क्रिकेट लिग खेल्न जानुभएको छ ।

चौथो संकरणको पाकिस्तान सुपर लिग सन् २०१९ को १७ फेब्रुअरी देखी १७ मार्च सम्म युएई र पाकिस्तानका शहरमा हुनेछ । यसको उद्घाटन खेल यूएईको दुबईमा हुनेछ भने फाइनल खेल पाकिस्तानको कराँचीमा हुनेछ । डबल राउण्ड रोविनका आधारमा खेलाईने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ ।

प्रतिक्रिया