अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५० | Colorodo: 09:05

चलचित्र ’अमेरिकन बाबु मेड इन् नेपाल’को प्रदर्शनी न्युर्योकदेखि काठमाडौँसम्म

बिआरटीनेपाल २०७५ मंसिर ४ गते ९:०२ मा प्रकाशित

जन्मभूमि छोडेर अमेरिकालाई कर्मथोलो बनाउँदै आएका नेपालीहरुको जीवन शैलीलाई समेटेर तयार पारिएको चलचित्र “अमेरिकन बाबु, मेड इन् नेपाल” न्युर्योक देखि काठमाडौँसम्म प्रदर्शन गरिने भएको छ । अमेरिकामा स्थापित हुन विभिन्न संघर्षरत नेपालीहरुको कथा, व्यथालाई समेटिएको यस चलचित्रको निर्देशन ईश्वर थापाले गरेका हुन । टोरोन्टो, ब्राम्पनमा बसोबास गर्ने निर्देशक थापाले न्यूर्योक शहरका गल्लीगल्लीका दृष्यलाई चलचित्रमा समेट्नुभएको छ ।

फिल्म निर्देशन अब्बल थापाले अमेरिकामा स्थापित हुन नेपालीले भोक्नु परेका विभिन्न चुनौतीलाई यस चलचित्रले देखाउन खोजेको बताउनुभयो । चलचित्रको पहिलो शो न्युर्योकमा सम्पन्न भएको छ । पहिलो शो हेरेपछि दर्शकको प्रतिक्रियाबाट उत्साहित थापाले क्यानडा र काठमाडौँका दर्शकले पनि यस चलचित्रले हलसम्म तान्ने बताउनुभयो ।

टोरोन्टो र नजिकका शहरमा डिसेम्बर १ र २ र काठमाडौँमा पुष र माघमा यस चलचित्रको शो देखाइने तयारी गरिएको छ । चलचित्रमा कथा र व्यथामात्र नभई माया प्रेम, सुख, दुखलाई पनि समेट्ने प्रयास गरिएको छ । चलचित्रलाई राजेश गुरुङ, सम्झना उप्रेति र मन्जु रानाले संयूक्त रुपमा निर्माण गरेका गर्नुभएको हो भने ईश्वर थापाले सम्पादन गर्नुभएको छ । चलचित्रमा स्मृदी पोखरेल, नन्दीता केसी, बाबु बोगटी, ईशान ढकाल, कृष थापा, प्रियंका ऐर लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू