अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५९ | Colorodo: 01:14

कोलोराडोमा गर्भवती श्रीमती र छोरी हत्या गर्नेलाई यस्तो सजाय

बिआरटीनेपाल २०७५ मंसिर ३ गते २०:४७ मा प्रकाशित

गर्भवती श्रीमती र दुई छोरीको हत्या गर्ने कृश वाटलाई ५ आजीवन कारावासको सजाय दिइएको छ । कोलोराडोको एक अदालतले सोमबार वाटलाई यस्तो सजाय दिने निर्णय गरेको हो । उनले गर्भवती श्रीमती शानन तथा दुई छोरी सेलेस्ट र बेल्लाको हत्या गरेका थिए ।

३३ वर्षका वाटले गर्भवती श्रीमती र छोरीको हत्या गरेबापत ३ आजीवन कारावासको सजाय पाएका हुन् । साथै, उनले २ आजीवन कारावासको सजाय भने बाबु हुनुको विश्वास दुरुपयोग गरी २ छोरीको हत्या गरेबापत पाएका हुन् ।

वाटले ३ आजीवन कारावासको सजाय भने बिना परोल (जेलबाट बाहिर आउन नपाउने) बिताउनु पर्नेछ । त्यसबाहेक कोलोराडो डिस्ट्रिक जज मार्सेलो कपकाउले वाटलाई गर्भ हत्याको अभियोगमा थप ४८ वर्षको जेल सजाय सुनाएका छन् । साथै, वाटले मृत शरीरमाथि छेड खानी गरेको अभियोगमा थप १२ वर्ष जेलमा बिताउनु पर्नेछ ।

भावपूर्ण सुनुवाइपछि न्यायाधीश कपकाउले वाटलाई ‘राक्षस’ भनेका छन् । वाटको बाबु आमामाथि पनि छोराको योजना थाह भए/नभएको बारेमा अनुसन्धान गरिएको थियो । 

Photo Source : wgntv.com, and www.coloradoan.com

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू